News Category 2077/10/06
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको माइक्रो र मोटरसाइकल एकआपसमा ठोकिदा भएको दुर्घटनामा मंगलबार तीन जनाको मृत्यु भएको छ । घटनामा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
बिराटनगरबाट राजविराजतर्फ आउदै गरेको प्रदेश १–०२–११०ज.३८६८ नम्वरको माइक्रो तथा विपरित दिशाबाट आउँदै गरेको को.३४प. ४६९४ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ४४ वर्षिय विर्ख मण्डल तथा माइक्रोका सहचालक राजविराज नगरपालिका १ निवासी २२ वर्षिय शंकर यादव तथा सोही माइक्रोमा सवार एक महिलाको मृत्यु भएको छ । यद्दपी ती महिलाको पहिचान खुल्न सकेको छैन् ।
दुहवी नगरपालिका १० सिमरियास्थित सडकखण्डमा भएको दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरकी ६० वर्षीया ईन्द्रमला देवी, राजविराज ७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल लगायत घाइते भएका छन् ।
यस्तै सुनसरीको ईनरुवा ८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् ।
घाइते सबैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ