News Category 2077/10/09
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सवारी ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादी शुक्रबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
सप्तरीको खडक नगरपालिका वडा न. ३ घर भई हाल खडक नगरपालिका ११ बस्ने २९ वर्षिय लक्ष्मी चौधरीलाई सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नं. ५ स्थित बिष्णुपुर बोदेबरसाईन सडक खण्डमा पुस ११ गते चौधरीले चलाएको प्रदेश नं.२ ०१–००१प.७५३३ न.को मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा उक्त मोटरसाईकलमा पछाडी सवार सोही स्थान निवासी २२ वर्षिय देवेश चौधरी घाइते भएका थिए । उनको उपचारका लागी लहानतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै मोटरसाईकल चोरी मुद्दामा पक्राउ परेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ सखडा निवासी २४ वर्षिय मनोज कुमार चौधरी धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । अदालतले चौधरीसँग ५५ हजार धरौटी माग गर्दा उक्त धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चौधरीलाई गत पुस १४ गते जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ स्थितमा उपेन्द्र प्रसाद चौधरीको पार्कीङ गरी राखेको रा.१ प.२६१६ न.को मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ