News Category 2077/10/09
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित शनिदेव सामुदायिक बन उपभोक्ता समिती र बन कार्यालयले बन अतिक्रमण गरि बनाईएको घरटहरा भत्काएको छ ।
बन अतिक्रमण गरि घर टहरा बनाएको भन्दै पर्यटक क्षेत्र शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहराहरु डिभिजन वन कार्यालय सप्तरीले भत्काएको हो ।
डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको त्यहाँका भक्तजनहरुले जानकारी दिएका छन ।
शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको रहेको बेला शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काएर दुःख दिएको पुजारी भुपेन्द्र यादवले आरोप लगाएका छन् । शनि देवलाई बदनाम गर्ने केही उच्श्रृखंल ब्याक्तीको पछाडी लागेर घरटहरा हटाउन समिती र बनकार्यालयको मिलोमतो रहेको पुजारी यादवको भनाई छ ।
वन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्न बनाएको घर भत्काईदिएको उनको आरोप छ ।
२०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुख दिन नमिल्ने यस्तो कार्य गरेको पुजारी यादवले गुनासो गरे ।
डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख सहायक बन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचार अनुसार सामुदायिक बनका आग्रहमा बन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकारेका छन् । बन अतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारी सहितको बन समिति फिर्ता भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ