News Category 2077/10/09
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन ः जसपा वरिष्ठ नेता महतो
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाउँदै स्वेच्छाचारी भएका कारण हिटलरको जसरी पतन भयो त्यसरी नै संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित रहेको भने ।
नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट समेत पारे ।
एक अर्को प्रसङ्गमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताउानुभयो । पहिले अदालतको निर्णय आओस् त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुने उनको कथन छ ।
मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको नेता महतोको भनाई छ ।
पत्रकार सम्मेलनमा जसपाका नेतृ रेणु यादव, कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष समुन लगायतका नेता सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ