News Category 2077/10/09
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन ः जसपा वरिष्ठ नेता महतो

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाउँदै स्वेच्छाचारी भएका कारण हिटलरको जसरी पतन भयो त्यसरी नै संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित रहेको भने ।
नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट समेत पारे ।
एक अर्को प्रसङ्गमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताउानुभयो । पहिले अदालतको निर्णय आओस् त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुने उनको कथन छ ।
मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको नेता महतोको भनाई छ ।
पत्रकार सम्मेलनमा जसपाका नेतृ रेणु यादव, कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष समुन लगायतका नेता सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ