News Category 2077/10/11
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
आगामी फागुनको अन्तिम साता स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिताको राजविराजमा आयोजना हुने भएको छ ।
भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए ।
सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा नेपाल भारत्तोलन संघ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ