News Category 2077/10/14
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
नेपाल भरि बुधबारदेखी कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । सोही अभियान अन्तरगत सप्तरीमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गर्नुभएको छ ।
मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका थिए ।
सो अवसरमा मन्त्री साहले खोप जिवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गर्नुभयो । उहाँले खोप बारे विभिन्न भ्रामक हल्ला चलाइएको भन्दै त्यस्ता हल्ला पछाडी नलाग्न सबैमा आग्रह mस्समेत गर्नुभयो ।
कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले कोही पनि खोप बारे भ्रममा नपर्न आग्रह गर्नुहुँदै भारतमा परिक्षण भइसकेर आएको खोपले कुनै नराम्रो घटना भइहाल्छ भन्ने सोच्नु र आत्तिनु नपर्ने बताउनुभयो ।
सप्तरीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत प्रहरी अस्पतालमा गरि दुई स्थानबाट पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाइदै छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ ।
यता बुधबारै सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।
यसैबीच स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ