News Category 2077/10/15
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिका वडा नं. ७ को कार्यालय बिहीबार आफ्नै भवनमा सरेको छ । ४० लाखको लागतमा निर्माण गरिएको ५ कोठे सुविधा सम्पन्न वडा कार्यालयको नगरप्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका छन् ।
सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ