News Category 2077/10/15
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
कोशी पूर्णिमाको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कोशी ब्यारेजमा बिहीबार बिहानैदेखिस्नान र मेला भर्नेहरुको घुइचो लागेको छ ।
अत्याधिक चिसोको मौसमका बाबजुद कोशी ब्यारेजमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको ठूलै घुइचो लागेको थियो । बिहानैदेखि बयलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकल, अन्य साना तथा ठूला सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नान गर्नका लागि आउनेहरुको घुइचो लागेको हो ।
पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । यस तिथिमा कोशी स्नान गर्दा गंगा स्नान सरह पूण्य मिल्ने र पाप मोचन हुने जनविश्वासका साथ श्रद्धालुहरु स्नानका लागि आउने गर्दछन् ।
कोशी ब्यारेज आसपास क्षेत्रका समेत नरनारीको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । घरका आवश्यक सरसामान तथा कृषि कार्यमा आवश्यक पर्ने सामानहरुको विशेष आकर्षण रहने गरेको यस मेलामा सबै वर्गका मानिसको उपस्थिति रहने गर्दछ । यसका साथै कोशी स्नान गरेर दही, च्युरा, जिलेबी तथा अन्य मिठाईहरु लगायतका सात्विक भोजन गर्ने परम्परा रहेको छ ।
कृषि मेलाको रुपमा समेत प्रचीत मानिएको यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कृषकसहित सर्वसाधरण मेला गर्न आउने गरेको पाइन्छ ।
कोशी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको थियो ।
ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको बिहार राज्य अन्र्तगत पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया लगायतका स्थानहरुबाट कोशी स्नान गर्न आउने गरेको भएपनि कोरोना माहामारीका कारण नेपाल–भारत सिमानाका बन्द भएका कारण यसपालि भारतीयहरु उपस्थिति न्युन थियो ।
यता कोशी मेला भर्नकै लागि हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ