News Category 2077/10/21
डेढ वर्षअघि वेपत्ता भएकी महिलाको कंकाल फेला
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
डेढ वर्षअघि हराएकी एक महिलाको बुधबार कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो ।
बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको बताए ।
उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ