News Category 2077/10/22
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबर आहवान गरेको आम हड्तालका कारण सप्तरीको जनजिवन पनि प्रभावित भएको छ ।
बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो । बिहानैदेखी सो सडकखण्डमा प्रदर्शनकारीहरुले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।
यता स्थानिय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपनि बिहानैदेखी बन्द सफल पार्न सडकमा निस्केका प्रचण्ड–नेपाल समूहका कार्यकर्ता सरकारबिरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरिरहेका थिए ।
आमहड्तालका क्रममा एम्बुलेन्स, पानी, दुध, तरकारी र संचारकर्मीको गाडीमा भने कुनै अवरोध गरिएन् । बन्द शान्तिपूर्ण रहेको र कोही कार्यकर्ता पक्राउ नपरेको नेकपा प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्ष अशोककुमार मण्डलले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ