News Category 2077/10/23
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र व्यवसायको विकासका लागि अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको पर्यटकीय स्थल कंचनरुप नगरपालिका वडा नं. ११ स्थित डेगंरीबाट पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यले प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ को संयुक्त आयोजनामा कोरोना महामारीका कारण संकटमा परेका पर्यटन क्षेत्र र व्यवसायीलाई अकास्न सो अभियान सुरु गरिएको हो ।
प्रदेश २ स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम नाम दिइएको सो अभियानको सुरुवात गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदशे सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
होटल पर्यटन व्यवसाय तथा सरोकारवालाको उलेख्य सहभागितामा सुरु भएको कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले पर्यटकीय स्थलको पहिचान गरि उक्त स्थलहरुलाई बेहुली झैं सिंगारिन सके मात्र पर्यटकीय क्षेत्र र त्यससँग आवद्ध व्यवसायको विकास सम्भव हुने उल्लेख गरे ।
सोही क्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सागर श्रेष्ठले सप्तरीबाट सुरु भएको अभियान प्रदेश २ का ८ वटै जिल्लामा पुग्ने जानकारी दिदै अभियानमा सम्मिलत टोली ८ वटै जिल्लाको पर्यटकीय स्थलमा पुगि पर्यटकीय स्थलको भ्रमण, वृत्तचित्र निर्माण र प्रचारप्रसारमा खट्ने कार्यक्रम तय रहेको बताए ।
आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक विष्णु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भ्रमण टोलीका संयोजक मोहन शर्मा लामिछाने, सदस्य शैलेश चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै पर्यटन क्षेत्र र यसमा आवद्ध व्यवसायको विकास र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ