News Category 2077/10/28
संसद विघटनको कदमप्रति चुप लागेर बस्ने अवस्था छैन ः कृष्ण पहाडी
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
नागरिक समाजका अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्रीले चालेको प्रतिनिधिसभा विघटनको कदमप्रति चुप लागेर बस्ने अवस्था नरहेको बताएका छन् ।
मधेशी नागरिक समाजद्वारा मंगलबार राजविराजमा आयोजित देशको समसामयिक राजनीतिक परिस्थिती बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीमा देखिएको विवादलाई समाधान गर्नुभन्दा पनि आफूले भने अनुसार नहुने देखेपछि प्रधामन्त्रीले प्रतिनिधिसभालाई नै समाप्त पारेको आरोप लगाए ।
कहिले भारतले आफू नेतृत्वको सरकार खसाउन खोजेको भन्ने, कहिले भारतकै गूप्तचर संस्थाका प्रमुखसँग गोप्य भेटघाट गर्ने प्रधामन्त्रीको व्यवहार दोहोरो चरित्रको रहेको उनको भनाई छ ।
ओली नेतृत्वको सरकार जनताको समस्या भन्दा पनि भ्रष्टाचार र कमिशनतन्त्रलाई बढावा दिइएको आरोप लगाउदै उनले कोरोनाका कारण जनता छटपटाइ रहँदा सरकारका मन्त्रीहरुले कात्रोमा पनि कमिशन खाएको व्यापक चर्चाले प्रमाणित गरेको उल्लेख गरे ।
मानवअधिकार शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनीले प्रधानमन्त्रीको कदम स्वेच्छाचारी रहेको बताउँदै त्यसका बिरुद्ध आफूहरु जनमत तयार गर्न अभियानमा निस्केको बताए ।
मधेशी नागरिक समाजका अगुवा रामरिझन यादवले कहिलेको अवस्था आउनुको पछाडी प्रमुख दोषि प्रधानमन्त्री केपी ओली रहेको भन्दै नेपाली काँग्रेसले पनि सशक्त प्रतिपक्षिको भुमिका देखाउन नसकेका कारण उनको पनि दोष रहेको टिप्पणी गरे ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलले प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र मुलुकको हित विपरित भएकोले यसलाई सच्याउनु पर्नेमा जोड दिए ।
नागरिक समाजका अगुवा बलराम यादव मुलुकको एक भागमा दिपावली र अर्को भागमा ब्ल्याक आउटको तयारी भइरहेको बेला संविधान जारि गर्नु नै प्रतिगमनको सुरुवात भएको बताए ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक अमरकान्त झाले पनि प्रतिनिधिसभा विघटनको बिरुद्धमा आफ्नो धारण राखेका थिए । सो कार्यक्रममा जिल्लाका बुद्धिजिवि, प्राध्यापक, विभिन्न पार्टीका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ