News Category 2077/10/28
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित दुई विद्यालयमा नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ ।
उक्त गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका हुन् ।
एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुँपैयाको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।
यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास भने बिहीबार अध्यक्ष यादवद्वारा नै शिलान्यास गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए ।
अध्यक्ष यादवको पहलमा आफ्नो संसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत उक्त दुबै विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए ।
सो अवसरमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ