News Category 2077/10/28
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित दुई विद्यालयमा नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ ।
उक्त गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका हुन् ।
एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुँपैयाको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।
यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास भने बिहीबार अध्यक्ष यादवद्वारा नै शिलान्यास गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए ।
अध्यक्ष यादवको पहलमा आफ्नो संसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत उक्त दुबै विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए ।
सो अवसरमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ