News Category 2077/10/28
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत अनिश्चितकालका लागि बन्द

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
राजविराजस्थित भूमीसुधार तथा मालपोत कार्यालयमा बुधबार सेवाग्राहीले हो–हल्ला गरेपछि उक्त कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीहरुले उक्त कार्यालयमा हो–हल्ला गरेका थिए ।
सो कार्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीले हो–हल्लामा सहभागि पाँच जना सेवाग्राहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
बिहानैदेखी लाइन लाग्दा पनि काम नभएको भन्दै गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच घम्साघम्सी समेत परेको थियो ।
यसैबीच कर्मचारीको अभावले गर्दा दिनहुँ सेवाग्राहीको चाप बढेको तथा काम गर्ने वातावरण समेत नभएको भन्दै निमित्त कार्यालय प्रमुख प्रमोद कुमार यादवले अर्को सूचना नहुन्जेलका लागि कार्यालयको कामकाज बन्द रहने सूचना जारि गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ