News Category 2077/10/29
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही नाकामा खटिएका सशस्त्र प्रहरीको टोलीले ज्यादती गरेको भन्दै बिहीबार स्थानियले बिरोध प्रदर्शन गरेका छन् ।
सशस्त्रका प्रहरी निरिक्षक सुशिल केसीसहित त्यहा खटिएका टोलीले स्थानियहरुसँग ज्यादती गरेको भन्दै प्रदर्शनकारी गरेका हुन् । प्रदर्शनकारीहरुले प्रहरी निरिक्षक केसीसहित सम्पूर्ण टोलीको अन्यत्र सरुवा गर्नु पर्ने माँग पनि गरेका छन् ।
.jpg)
बेल्हीस्थित भन्सार कार्यालयको सुरक्षा समेतका लागि राखिएको बोर्डर सुरक्षा पोष्ट अगाडी बिहानैदेखी प्रदर्शनमा उत्रेका स्थानियले घरायसी प्रयोजनका लागि दुई÷किलो चिनी, खाने तेल लगायतका किराना सामाग्रि ल्याउँदा पनि सशस्त्र प्रहरीले खोसी दिने र दुरव्र्यवहार गर्ने गरेको आरोप लगाएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ का अध्यक्ष सत्यनारायण यादवले घरायसी प्रयोजनका लागि सीमापारी भारतीय बजारबाट दुई÷चार किलो सामान लिएर आउने सर्वसाधारणलाई सशस्त्र प्रहरीले दुःख दिने आरोप लगाए । उनले सेटिङ मिलाएका तस्करहरुलाई भने निर्वाध रुपमा आवत जावत गर्न दिइएको पनि बताए ।
त्यस्तै स्थानिय लिलादेवी यादवले सीमापारी भारतीय बजारबाट किराना तथा पूजाका सामान लिएर आउँदा आफूसँग मासिक २ हजार ५ सय रुँपैया सशस्त्र प्रहरीको घुमुवाले लिने गरेको र एक महिनायता रकम नबुझाएकाले सामान खोसी दुरव्र्यबहार गरेको आरोप लगाइन् ।
भारतीय बजारमा गएर सामान किन्ने आफूहरुको रहर नभएपनि सस्तोमा सामान पाउँदा त्यहा जानु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
यता सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठले नाका क्षेत्रमा स्थानियवासीद्वारा हो–हल्ला र प्रदर्शन भएको खबर प्राप्त भएलगत्तै सो बारे बुझ्ने काम भइरहेको र आवश्यक अनुसन्धानपछि सबै सत्यतथ्य सार्वजनिक गरिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ