News Category 2077/11/01
संसद विघटन मात्र नभएर संविधान नै विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
राजविराज÷प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान नै विघटन हुने खतरा बढेको शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आशंका व्यक्त गरेका छन् ।
बुद्धिजिवि तथा पेशागत संगठन आन्दोलन संयोजन समिति सप्तरीद्वारा “संविधानमाथी आएको संकट” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो आशंका व्यक्त गरेका हुन् ।
आयोजित अन्तरक्रियामा वक्ताहरुले संविधान अनुसार प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था भएपनि पार्टीको आन्तरिक विवादका कारण प्रधानमन्त्रीले स्वेच्छाले संसद विघटन गरेर संविधानको खिल्ली उडाएको आरोप लगाएका छन् ।
विश्वकै उत्कृष्ट संविधान भनेर भाषण गर्ने प्रधानमन्त्रीले आफैले संविधानलाई मिचेर असंबैधानिक कदम चाल्नुले संविधानको उत्कृष्टताप्रति प्रश्न चिन्ह खडा गरेको बताए । मुलुकमा गणतन्त्र स्थापनादेखी संविधान जारि गर्ने बेलासम्म हजारौं नेपालीले दिएको बलिदानी पनि अहिले संसद विघटनका कारण ओझेलमा परेको उनीहरुको भनाई थियो ।
बुद्धिजिवि तथा पेशागत संगठन आन्दोलन संयोजन समितिका संयोजक अनिलकुमार अनलको अध्यक्षता तथा वरिष्ट राजनीतिज्ञ खुशीलाल मण्डलको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा प्राध्यापकहरु अमरकान्त झा, सुरेन्द्रप्रसाद गुप्ता, बुलबुल चौधरी, सेवानिवृत शिक्षिका मन्जु श्रेष्ठ, पूर्वप्रधानाध्यापक बिजयानन्द झा, भोगेन्द्र झा, अधिवक्ताहरु महेन्द्रप्रसाद देव, मनोज देव, रोहितलाल दासलगायतले बोल्दै प्रधानमन्त्रीको असंबैधानिक, अलोकतान्त्रिक कदमको बिरोध गर्दै सो कदम सच्याउन माग समेत गरे ।
सोही कार्यक्रममा शिवनारायण परियारले कविता वाचन गरेका थिए भने कार्यक्तम अधिवक्ता भुपेन्द्र नारायण मण्डलले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ