News Category 2077/11/02
जिल्ला पञ्चायतका पूर्वसभापति झाको निधन
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
जिल्ला पञ्चायत सप्तरीका पूर्वसभापति एवं जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र झाको आइतबार ८५ वर्षको उमेरमा निधन भएको छ ।
जिल्ला साविक मधवापुर गाविस वडा नं. ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ निवासी पूर्वसभापति झा केही दिनयता बिरामी परेका थिए ।
उनको आइतबार बिहान ६ बजेतिर आफ्नै निवासमा निधन भएको हो । उनी विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन निवास स्थलमा सर्वसाधारण तथा विभिन्न राजनैतिक दलका नेताहरुको भिड लागेको छ ।
यसैबीच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले एक शोक वक्तव्य जारि गर्दै झाको निधनको खबरले जिल्ला समन्वय समिति परिवार अत्यन्त दुखित भएको जनाएका छन् । स्वर्गिय झाप्रति जिल्ला समन्वय समिति परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।
यस्तै स्थानियवासी एवं काँग्रेसका पुराना नेता नागेन्द्र झाले अत्यन्तै सरल, राम्रा व्यक्तिको निधनले ठूलो क्षति भएको प्रतिक्रिया दिए ।
घरमा परम्परागत संस्कार सकेपछि शवयात्रा गरि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको स्व. झाका जेठा छोरा राकेशले बताए । झाका श्रीमती र दुई छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ