News Category 2077/11/02
जिल्ला पञ्चायतका पूर्वसभापति झाको निधन

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
जिल्ला पञ्चायत सप्तरीका पूर्वसभापति एवं जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र झाको आइतबार ८५ वर्षको उमेरमा निधन भएको छ ।
जिल्ला साविक मधवापुर गाविस वडा नं. ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ निवासी पूर्वसभापति झा केही दिनयता बिरामी परेका थिए ।
उनको आइतबार बिहान ६ बजेतिर आफ्नै निवासमा निधन भएको हो । उनी विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन निवास स्थलमा सर्वसाधारण तथा विभिन्न राजनैतिक दलका नेताहरुको भिड लागेको छ ।
यसैबीच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले एक शोक वक्तव्य जारि गर्दै झाको निधनको खबरले जिल्ला समन्वय समिति परिवार अत्यन्त दुखित भएको जनाएका छन् । स्वर्गिय झाप्रति जिल्ला समन्वय समिति परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।
यस्तै स्थानियवासी एवं काँग्रेसका पुराना नेता नागेन्द्र झाले अत्यन्तै सरल, राम्रा व्यक्तिको निधनले ठूलो क्षति भएको प्रतिक्रिया दिए ।
घरमा परम्परागत संस्कार सकेपछि शवयात्रा गरि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको स्व. झाका जेठा छोरा राकेशले बताए । झाका श्रीमती र दुई छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ