News Category 2077/11/03
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
बहुविवाह मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतको आदेशमा कैद भुक्तान गर्न कारागार चलान गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. २३ माइती भएकी २१ वर्षिया पुनिता कुमारी चौधरीले बहुविवाह गरेको भन्दै २०७६ भदौं ८ गते सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ निवासी २८ वर्षिय उमेश चौधरी बिरुद्ध जाहेरी दिएकी थिइन् ।
प्रहरीका अनुसार जाहेरीपछि पक्राउ परेका चौधरीलाई २०७६ भदौं ३० गते सप्तरी जिल्ला अदालतको आदेशले ५० हजार धरौटी रकम माग गरेको थियो । उक्त धरौटी रकम तिरी तारेखमा छुटेका चौधरीलाई २०७६ पुस ८ गते अदालतको आदेशले ५ हजार जरिवाना र ११ महिना १२ दिन कैदको फैसला गरेको थियो ।
फैसला लगत्तै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएका प्रहरी टोलीले २०७७ फागुन १ गते घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई फागुन २ गते जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ