News Category 2077/11/04
कुखुरा र पोषण सामग्री बितरण

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको महदेवा गाउँपालिकामा हरेक वडामा रहेका गर्भवती तथा कुपोषणमा परेका बालबालिकालाई सोमबार कुखुरा र हरलिक्स बितरण गरिएको छ ।
छिन्नमसता बिकास सेवाले आयोजना गरेको कुखुरा तथा पोषण बितरण समहारोमा करिब ६ सय जना गर्भवती तथा कुपोषीत बालबालिकालाई कुखुरा र हरलिक्स बितरण गरिएको संस्थाका अध्यक्ष बिनोद साफीले जानकारी दिएका छन् ।
महदेवा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित यादवको प्रमुख अतिथियमा सम्पन्न भएको पोषण सेवा बितरण कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका कुषोसित तथा गर्भवती महिलालाई कुखुरा र हरलिक्स बितरण गरेको हो ।
सो क्रममा ६ सय पिस कुखुरा र ३ सय ८० पिस हरलिक्स बितरण गरिएको छिन्नमस्ता बिकास सेवाले जनाएको छ । सो कार्यक्रममा महदेवा गाउँपालिकाका प्रमुख दिपक कुमार यादव र सबै वडाका वडा अध्यक्ष सहितका उपस्थिति रहेको थियो ।
त्यस्तै जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा समेत प्रदान गरिएको छ ।
छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आयोजित कार्यक्रमका बीच गाउँपालिकाको सहयोगमा ४२ गरिब विपन्न परिवारलाई बाख्रा प्रदान गरेको थियो ।
बाख्राकासाथै खोर तयार २–२ थान जस्ता पाता (टिन) र विउ पनि उपलब्ध गराइएको छ । बाख्रा पालन गरेर जिविकोपार्जनमा केही हदसम्म सहयोग हुने उद्देश्यले गरिब विपन्न परिवारलाई बाख्रा वितरण गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ