News Category 2077/11/04
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
राजविराज वडा नं. ४ स्थित आधारभुत विद्यालय केन्द्र नं. ६ मा मंगलबार बिहान १० बजेसम्म पनि सरस्वती पूजा गर्ने छाटकाट नदेखेपछि उक्त विद्यालयका विद्यार्थी र अभिभावकले नाराबाजी गर्दै बिरोधमा उत्रेपछि सरस्वती पुजा गरिएको छ ।
सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए ।
विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो. अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए ।
स्थानिय अभिभावक बसन्त साहले विद्यार्थीको आस्थाप्रति खेलवाड गर्ने प्रअ यादवमाथी कारवाहीको माँग गरेका छन् भने वडा अध्यक्ष अख्तर बाबाले विद्यार्थीको आस्थासँग जोडिएको विषयमा लापरवाही गर्ने प्रअ यादवमाथी कारवाहीका लागि नगरपालिका र मातहातका शिक्षा शाखामा पत्राचार गरिने बताएका छन् ।
यता कोरोनाको संक्रमणका कारण यसपल्ट पूजा नगर्ने प्रअ यादवको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ