News Category 2077/11/06
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीस्थित ऐतिहासिक पाठशाला प्रांगणमा सप्ताहव्यापी सरस्वती पूजनोत्सव एवम् बसन्त पञ्चमी मेला प्रारम्भ भएको छ ।
बिगत आठ दशभन्दा लामो समयदेखि परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको सरस्वती पूजा तथा वसन्त पञ्चमी मेलाको मंगलबार विधिवत रुपमा शुभारम्भ भएको आयोजक समितिका अध्यक्ष समेत रहेका तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन ।
पाठशालास्थित सरस्वती मन्दिरमा सरस्वतीसहित दर्जन बढी देवी देवताहरुको मुर्ति निर्माण, रंगरोगन, सजावट गरि सोमबार मध्यराति परम्परागत रुपमा देवी देवताहरुको माटोको प्रतिमालाई नेत्रदान गर्दै पुजनोत्सव तथा मेलाको औपचारिक उद्घाटन गरिएको हो ।
मेलालाई अझ आकर्षण प्रदान गर्न यस वर्ष ४ दिन अन्तरराष्ट्रिय कुस्ति दंगल आयोजना गरिने योजना रहेको अध्यक्ष मिश्रले जानकारी गराए ।
मिश्रका अनुसार बिहीबारदेखि आइतबारसम्म सो अवसरमा कुस्ति दंगल, बुधबार मिथिला साहित्य कला प्रतिष्ठानको आयोजनामा साहित्यिक गोष्ठी आयोजना गरिने छ ।
यसका अतिरिक्त रातिको समयमा प्रत्येक राति (फागुन ४, ५, ६, ७, ८ र ९ गते) मैथिली तथा हिन्दी भाषाका नाटकहरु समेत मञ्चन गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष मिश्रले जानकारी गराए ।
स्थानीय सरस्वती सास्कृतिक नाट्यकला परिषद् तथा हरगौरी नाट्य कला परिषद्द्वारा नाटक मञ्चनको तयारी अन्तिम चरणमा रहेको दुबै परिषद्का निर्देशकहरुलाई उद्धृत गर्दै उनले जानकारी दिए ।
तिलाठीमा सरस्वती पूजा गर्न थालिएको बेलादेखि नै नाटक मञ्चन गरिने परम्परा रहि आएको छ । विक्रम सम्बत २००१ सालमा सरस्वती सांस्कृतिक नाट्य कला परिषद्को विधिवत स्थापना गरी रंगमञ्चलाई निरन्तता दिदै आएको सरस्वती सांस्कृतिक नाट्कला परिषद्का निर्देशक अखलेश्वर झाले वताए ।
स्थानीय बुढापाकाहरुका अनुसार विक्रम सम्बत १९९० को दशकदेखि तिलाठी सरस्वती पूजा मनाउन थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ