News Category 2077/11/06
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीस्थित ऐतिहासिक पाठशाला प्रांगणमा सप्ताहव्यापी सरस्वती पूजनोत्सव एवम् बसन्त पञ्चमी मेला प्रारम्भ भएको छ ।
बिगत आठ दशभन्दा लामो समयदेखि परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको सरस्वती पूजा तथा वसन्त पञ्चमी मेलाको मंगलबार विधिवत रुपमा शुभारम्भ भएको आयोजक समितिका अध्यक्ष समेत रहेका तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन ।
पाठशालास्थित सरस्वती मन्दिरमा सरस्वतीसहित दर्जन बढी देवी देवताहरुको मुर्ति निर्माण, रंगरोगन, सजावट गरि सोमबार मध्यराति परम्परागत रुपमा देवी देवताहरुको माटोको प्रतिमालाई नेत्रदान गर्दै पुजनोत्सव तथा मेलाको औपचारिक उद्घाटन गरिएको हो ।
मेलालाई अझ आकर्षण प्रदान गर्न यस वर्ष ४ दिन अन्तरराष्ट्रिय कुस्ति दंगल आयोजना गरिने योजना रहेको अध्यक्ष मिश्रले जानकारी गराए ।
मिश्रका अनुसार बिहीबारदेखि आइतबारसम्म सो अवसरमा कुस्ति दंगल, बुधबार मिथिला साहित्य कला प्रतिष्ठानको आयोजनामा साहित्यिक गोष्ठी आयोजना गरिने छ ।
यसका अतिरिक्त रातिको समयमा प्रत्येक राति (फागुन ४, ५, ६, ७, ८ र ९ गते) मैथिली तथा हिन्दी भाषाका नाटकहरु समेत मञ्चन गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष मिश्रले जानकारी गराए ।
स्थानीय सरस्वती सास्कृतिक नाट्यकला परिषद् तथा हरगौरी नाट्य कला परिषद्द्वारा नाटक मञ्चनको तयारी अन्तिम चरणमा रहेको दुबै परिषद्का निर्देशकहरुलाई उद्धृत गर्दै उनले जानकारी दिए ।
तिलाठीमा सरस्वती पूजा गर्न थालिएको बेलादेखि नै नाटक मञ्चन गरिने परम्परा रहि आएको छ । विक्रम सम्बत २००१ सालमा सरस्वती सांस्कृतिक नाट्य कला परिषद्को विधिवत स्थापना गरी रंगमञ्चलाई निरन्तता दिदै आएको सरस्वती सांस्कृतिक नाट्कला परिषद्का निर्देशक अखलेश्वर झाले वताए ।
स्थानीय बुढापाकाहरुका अनुसार विक्रम सम्बत १९९० को दशकदेखि तिलाठी सरस्वती पूजा मनाउन थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ