News Category 2077/11/06
देउवालाई प्रतिगमनकारीको मतियार नबन्न वरिष्ठ राजनीतिज्ञ मण्डलको सुझाव
दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपाली काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रतिगमनकारीको मतियार नबन्न सुझाव दिएका छन् ।
राजनीतिज्ञ मण्डलले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै फागुन ३ गतेको विरोघ सभामा निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा नगरेको भन्दै निर्वाचन आयोगलाई धमकाउनु ओली भन्दा देउवा निर्वाचनको लागि बढी आतुर रहेको पुष्टी गरेको जनाएका छन् ।
नेपाली काँग्रेसको ईतिहास प्रजातान्त्रिका आन्दोलनको नेतृत्व गर्ने दलमा रही आएको तर विगतमा नेतृत्वबाट भएको अदुरदर्सिताको कारण नेपाली काग्रेसको अहिले यस्तो अवस्था आएको आरोप समेत उनले लगाए । देउवा जस्ता व्यक्ति नेपाली काग्रेसको नेतृत्वकर्ता रहेमा सो दलको भविश्य अझै अन्धकार हुने नेपाली काग्रेसका सिद्धान्तनिष्ट नेता कार्यकतालाई उनले विज्ञप्तिमार्फत अनुरोध समेत गरेका छन् ।
यसअघि पनि पार्टी भित्रको विवादको कारण असंवैधानीक तरिकाबाट प्रधानमन्त्री ओली संसद विघटन गरेको विरोधमा राजनैतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार जगत लगायत देशका सम्पूर्ण चेतनशिल समाज ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा आवाज उठाई आन्दोलनरत्त रहेको अवस्थामा शेरबहादुर देउवा अदालतलमा मुद्दा विचाराधिन रहेकोले सडकमा नारा जुलुस गरि अदालत माथी दवाव दिननहुने अभिव्यक्ति पटक–पटक दिदै आउनु भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विगतलाई स्मरण गराउँदै राजनीतिज्ञ मण्डलले विज्ञप्तिमा भनेका छन्, “पार्टी भित्रका आन्तरिक विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आप्mनो मन्त्रीहरुलाई समेत जानकारी नदिई तत्कालिन राजा ज्ञानेन्द्रको चाहना अनुसार २०५९ जेष्ठ ८ गते राती ११ बजे संसद विघटन गरेको र त्यसलाई सर्वोच्च अदालतद्वारा समेत अनुमोदन गरेपछि राजा महेन्द्र जस्तै राजा ज्ञानेन्द्र प्रत्यक्ष शासन चलाउन सुरु गरेपछि २०६० देखि २०६२ सम्म भएको आन्दोलनद्वारा संसद पुर्नस्थापना गराउनुको साथै राजतन्त्र समाप्तिको बाटो कोरेको थियो ।”
देउवाको विचारमा नपरी एक पटक पुनः संसद पुनःस्थापनको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग गरी २००७ साल देखिको आन्दोलनबाट प्राप्त उपलब्धी पुर्णनभए पनि प्राप्त उपलब्धीको रक्षा गर्दै पुनःउपलब्धी प्राप्तीको लागि सचेत र सक्रीय रहन देशबासी सँग उनले अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ