News Category 2077/11/06
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बिहीबार निर्वाचन आचारसहिता कार्यान्वयन बारे सरोकारबालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
पाँचौ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधै, सँगै मुलनारा राखी निर्वाचन आचार सहिता कार्यान्वयमा सरोकारबालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।
नयाँ बन्ने आचार संहिताको मस्यौदामा पार्टीहरुले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सिमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैंक मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सिमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मुख्यपात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यबस्था लगायत पहिलेको भन्दा यसपालिको अचार संहितामा केही फरक र संशोधितजतस् व्यवस्था आयोगले गर्न लागेको निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक भन्दा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपायलागयत शान्तिपुर्णा तरिकाले चुनाव सम्पन गर्ने लगायतका विषयहरुमा समेत कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
सरकारले तोकेको वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीका रुपमा यस अन्तरक्रियालाई लिइएको छ । यअघि पनि गत महिना निर्वाचन कार्यालयले पहिलो पटक निर्वाचन सम्बन्धी कार्यक्रम गरेको थियो ।
आयोजित अन्तरक्रियामा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल प्रहरीका डिएसपी भुवनेश्वर साह, सशस्त्र प्ररीका डिएसपी श्याम मणि, नेकपा (ओली पक्ष) का अशोक यादव, नेमकिपाका दिगम्बर यादव, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ