News Category 2077/11/06
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको तिलाठीमा बिहीबारदेखी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।
पहिलो दिन नेपाली पहलमानहरुले पुरुषतर्फका सबै प्रतिष्पर्धा जितेका छन् भने महिलातर्फ भएको एक खेलमा भारतीय खेलाडी बिजयी भएका छन् ।
बि.स. २०४२ सालमा राजतन्त्र बिरुद्धको आन्दोलनमा ज्यान गुमाएका तिलाठी निवासी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ ।
सरस्वती पूजनोत्सव तथा बसन्त पंचमीको मेलाको अवसर पारेर विगत ११ वर्षदेखी तिलाठीमा नियमित पूजा तथा मेला समितिद्वारा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
गाउँपालिका, स्थानियवासी तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित प्रतियोगिताको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उद्घाटन गरे ।
उद्घाटन गर्दै मन्त्री साहले देशकै प्रतिष्ठा बढाउने खेलकुदमा लागेका खेलाडीहरुका लागि राज्य पक्षबाट उचित सुविधा र प्रोत्साहन दिन नसकिरहेको अवस्थामा पनि प्रदेश सरकारले खेलाडीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम बनाएको जानकारी दिए ।
वडा अध्यक्ष दिनेश्वर मिश्रले परम्परागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताए ।
वडा अध्यक्ष मिश्रकै अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्व. मिश्रकी आमा चपलादेवी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झालगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ