News Category 2077/11/07
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले विद्यार्थी युनियनको समायोजन प्रक्रिया अगाडी बढीरहदा एकता प्रक्रियामा पूर्व विद्यार्थी संघको अध्यक्ष मण्डलमा कुनै सरसल्लाह तथा परामर्श नगरि राष्ट्रिय विद्यार्थी संघको नाउँमा गर्न लागेको कार्यक्रम आधिकारीक कार्यक्रम नरहेको जनाएको छ ।
राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय अध्यक्षहरु किशोर कुमार यादव, ज्ञानकुमार झा, लालबाबु साह, चिरञ्जीवी यादव र सहअध्यक्ष नरेन्द्र यादवद्वारा शुक्रबार प्रति संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
जारि विज्ञप्तिमा पूर्व समाजवादी पार्टी र पूर्व राजपा नेपाल आवद्ध भातृ संगठन समाजवादी विद्यार्थी युनियन तथा राष्ट्रिय विद्यार्थी संघको समायोजन प्रक्रिया अगाडी बढीरहेको बेला फागुन १२ र १३ गते हुन लागेको कार्यक्रममा आफूहरुको सरसल्लाह नलिई एउटा गुटको कार्यक्रम हुनगइरहेको आरोप लगाइएको छ ।
सोही विज्ञप्तिमा केन्द्रिय समितिका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारीहरु समेतलाई विज्ञप्तिमार्फत जानकारी गराउँदै बिरोधी गुटहरुप्रति सजग रहन नेतृत्व पंक्तिको ध्यान आकृष्ट गराइएको छ ।
राष्ट्रिय विद्यार्थी संघको अध्यक्ष मण्डल तथा केन्द्रिय पदाधिकारीहरुको बैठक फागुन १० गते प्रदेश २ को राजधानी जनकपुरधाममा बसेर समायोजन प्रक्रिया तथा संगठनको आगामी कार्यदिशा बारेमा निर्णय लिने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
साथै विज्ञप्तिमार्फत भ्रामक प्रचार तथा प्रेस विज्ञप्तिको पछाडी नलाग्न सबै सरोकारवाला तथा सम्बन्धीत निकायहरुमा आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ