News Category 2077/11/07
राजावादीहरुले फागुन ३० गते जनआन्दोलनको मिति घोषणा गर्दै
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
आगामी फागुन ३० गते राजावादीहरुले एक कार्यक्रमको आयोजना गर्दै जनआन्दोलनको मिति घोषणा गर्ने तयारी गर्ने भएका छन् ।
राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रमको आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिँदै फागुन ३० जनआन्दोलनको घोषण गर्ने तयारी भइरहेको बताएका हुन् ।
पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको अवसर पारेर लोक कल्याणकारी जनता पार्टी नेपाल तथा २०४७ को संविधान पुन:स्थापना हाम्रो अभियान नामक संस्थाले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो जानकारी दिएका हुन् ।
कार्यक्रममा अभियानका संयोजक समेत रहेका लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले वर्तमान सरकार र संविधान असफल भइसकेको दाबी गर्दै निकासका लागि अब राजासहितको हिन्दु अधिराज्य एक मात्र विकल्प रहेको जिकिर गरे ।
कार्यक्रममा सो पार्टीका संगठन विभाग प्रमुख सन्तबहादुर रुम्बाले देशको भयाभह अवस्थालाई हेरेर अब राजासहितको हिन्दु अधिराज्यले मात्र मुलुक बचाउने दाबी गरे ।
सोही कार्यक्रममा अभियानका सर्लाही संयोजक शैलेन्द्र सिंहले पटक पटक सत्तामा पुगेका राजनीतिक दलबाट मुलुक संचालन हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै अब जनताले नै अघि सरेर राजासहितको हिन्दु अधिराज्य निर्माणमा जुट्ने बेला आइसकेको जिकिर गरे ।
रामटहल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. देवनारायण महतोका साथै किशुनदेव साह, सीताराम खत्वे, रबिन्द्र यादव, पण्डित रामकुमार शास्त्री, ई. सत्यनारायण यादवले पनि बोल्दै राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका थिए ।
कार्यक्रममा मुश्लिम समुदायबाट सहभागि रहेका कंचनरुप र डाक्नेश्वरी नगरपालिकाका मो उदुस शेख, अहमद अली, कयुम अली र अशोका जामिरले पनि राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ