News Category 2077/11/07
राजावादीहरुले फागुन ३० गते जनआन्दोलनको मिति घोषणा गर्दै

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
आगामी फागुन ३० गते राजावादीहरुले एक कार्यक्रमको आयोजना गर्दै जनआन्दोलनको मिति घोषणा गर्ने तयारी गर्ने भएका छन् ।
राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रमको आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिँदै फागुन ३० जनआन्दोलनको घोषण गर्ने तयारी भइरहेको बताएका हुन् ।
पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको अवसर पारेर लोक कल्याणकारी जनता पार्टी नेपाल तथा २०४७ को संविधान पुन:स्थापना हाम्रो अभियान नामक संस्थाले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो जानकारी दिएका हुन् ।
कार्यक्रममा अभियानका संयोजक समेत रहेका लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले वर्तमान सरकार र संविधान असफल भइसकेको दाबी गर्दै निकासका लागि अब राजासहितको हिन्दु अधिराज्य एक मात्र विकल्प रहेको जिकिर गरे ।
कार्यक्रममा सो पार्टीका संगठन विभाग प्रमुख सन्तबहादुर रुम्बाले देशको भयाभह अवस्थालाई हेरेर अब राजासहितको हिन्दु अधिराज्यले मात्र मुलुक बचाउने दाबी गरे ।
सोही कार्यक्रममा अभियानका सर्लाही संयोजक शैलेन्द्र सिंहले पटक पटक सत्तामा पुगेका राजनीतिक दलबाट मुलुक संचालन हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै अब जनताले नै अघि सरेर राजासहितको हिन्दु अधिराज्य निर्माणमा जुट्ने बेला आइसकेको जिकिर गरे ।
रामटहल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. देवनारायण महतोका साथै किशुनदेव साह, सीताराम खत्वे, रबिन्द्र यादव, पण्डित रामकुमार शास्त्री, ई. सत्यनारायण यादवले पनि बोल्दै राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका थिए ।
कार्यक्रममा मुश्लिम समुदायबाट सहभागि रहेका कंचनरुप र डाक्नेश्वरी नगरपालिकाका मो उदुस शेख, अहमद अली, कयुम अली र अशोका जामिरले पनि राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ