News Category 2077/11/08
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका रेडिमेड कपडा नियन्त्रणमा
राजविराज/सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरि ल्याउँदै गरेको ६ सय ४१ थान विभिन्न रेडिमेड कपडा नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा शनिबार बिहान ६ बजेतिर इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा चेकजाच गर्ने क्रममा ती रेडिमेड कपडाहरु नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
सो क्रममा दुई जना तस्कर भने फरार भएको बताउँदै डिएसपी साहले टोलीले बरामद गरेको सामानमा २ सय ६५ थान ट्याकसुट पाइन्ट, २ सय ४२ थान भेस्ट र १ सय ३४ थान हाफ पाइन्ट लगायतका रेडिमेड कपडा रहेको जानकारी दिए ।
यस्तै तस्करीमा प्रयोग गरिएको बिआर ०७ सी ७०२७ र बीआर ५५ एच २२३५ नम्बरको भारतीय मोटरसाइकल तथा नेपाली बा.२५प. ५८३० नम्बरको मोटरसाइकसहित सप्तरीको सुरुङ्गा नगरपालिका ४ निवासी रामअवतार यादव र सिरहाको भगवानपुर गाउँपालिका ४ निवासी मो. नसरुद्धिनलाई प्रहरी नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ