News Category 2077/11/08
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका रेडिमेड कपडा नियन्त्रणमा
राजविराज/सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरि ल्याउँदै गरेको ६ सय ४१ थान विभिन्न रेडिमेड कपडा नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा शनिबार बिहान ६ बजेतिर इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा चेकजाच गर्ने क्रममा ती रेडिमेड कपडाहरु नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
सो क्रममा दुई जना तस्कर भने फरार भएको बताउँदै डिएसपी साहले टोलीले बरामद गरेको सामानमा २ सय ६५ थान ट्याकसुट पाइन्ट, २ सय ४२ थान भेस्ट र १ सय ३४ थान हाफ पाइन्ट लगायतका रेडिमेड कपडा रहेको जानकारी दिए ।
यस्तै तस्करीमा प्रयोग गरिएको बिआर ०७ सी ७०२७ र बीआर ५५ एच २२३५ नम्बरको भारतीय मोटरसाइकल तथा नेपाली बा.२५प. ५८३० नम्बरको मोटरसाइकसहित सप्तरीको सुरुङ्गा नगरपालिका ४ निवासी रामअवतार यादव र सिरहाको भगवानपुर गाउँपालिका ४ निवासी मो. नसरुद्धिनलाई प्रहरी नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ