News Category 2077/11/10
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित खुबलाल जगरनाथ शक्ति आधारभुत विद्यालयमा विवाह प्रयोजनका लागि बन्द गराइएको विद्यालय सोमबारदेखी सुचारु भएको छ ।
गाउँकै रामकुमार मण्डलले छोरीको विवाहका लागि विद्यालय प्रयोग गर्न प्रस्ताव राखेका थिए । तर, प्रधानाध्यापक रबिन्द्र यादवले विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले सो प्रस्ताव अस्विकार गरेपछि मण्डल र उनका आफन्तले शुक्रबार राती जबरजस्ती मूल गेटको ताला फुटाएर पण्डाल निर्माण गरेका थिए ।
यता विद्यार्थी, अभिभावक, विद्यालय र स्थानिय प्रशासनको हस्तक्षेपपछि विद्यालय परिसरमा गाडिएको टेन्ट, पण्डाल लगायतका सरसामानहरु हटाइएपछि सोमबारदेखी पठनपाठन सूचारु भएको छ ।
विद्यालयमा भोजभतेर, सभासम्मेलन र पठनपाठन नै अवरुद्ध हुने गरि कुनै क्रियाकलाप गर्नुहुन्न भनी सम्झाउँदा पनि मण्डलले नमानेको उनको भनाई छ ।
बिहेमा जबरजस्ती विद्यालय बन्द गराएको विषयमा निकै आलोचना भएपछि प्रअ यादवले यस विषयमा स्थानिय प्रशासनलाई समेत जानकारी गराएपछि सोमबार बिहानै प्रहरी, अभिभावक र विद्यार्थीको सहयोगमा विद्यालय परिसर खाली गराई पठनपाठन सूचारु भएको छ ।
यस्तै वडा अध्यक्ष ललित सिंहले भविष्यमा पठनपाठन नै अवरुद्ध हुने गरि विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम गर्न नदिने गरि वडा र गाउँपालिका कार्यालयबाट ठोस निर्णय गर्ने तयारी भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ