News Category 2077/11/10
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीमा सोमबारदेखी राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु भएको छ । जिल्लामा सोमबारसम्ममा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८ सय ६६ जनाको डाटा इन्ट्री भइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिए ।
कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुन: २०७७ असोजदेखी अघि बढाइएको उनले बताए ।
हाल परिचय पत्र बनाउने कामलाई तिब्र बनाइएको जानकारी दिँदै प्रजिअ आचार्यले जिल्लाको बलान बिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता कार्य भइरहेको जानकारी समेत दिए ।
हरेक नेपालीको जैविक तथा बैयत्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य सुरु गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ