News Category 2077/11/12
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
प्राकृतिक विपद्को सामना गर्न पूर्वतयारी स्वरुप आवश्यक पर्ने सामाग्रि भण्डारण गर्न राजविराजमा भण्डारगृह निर्माण गर्न लागिएको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको बुधबार ५० औं साधारणसभाको अवसरमा सो जानकारी दिइएको हो ।
रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शाखा परिसरमा निर्माण हुन लागेको भण्डारगृहका लागि प्रदेशसभा सदस्य मनिष सुमनले संसदीय विकास कोषबाट ८ लाख रुँपैया, विष्णुपुर गाउँपालिकाले ५ लाख र तिरहुत गाउँपालिकाले ४ लाख रुँपैया उपलब्ध गराएको जानकारी दिए ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भगतले भण्डारगृह निर्माणका लागि अन्य स्थानियतहले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउँदै जिल्लाकै पहिलो भण्डारगृह हुने भनिएको सो गृहको यसै आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने योजना रहेको उनको भनाई छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य मनिष सुमनले प्राकृतिक विपतीसँगै मानव सृजितलगायत सबै खाले विपतीको रोकथाम र न्यूनिकरणमा रेडक्रस सोसाइटीको महत्वपूर्ण भूमिका रहेको बताए ।
राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा सेवा क्षेत्रमा आफ्नो छुट्टै छबि बनाएको रेडक्रसलाई आफ्नो र प्रदेश सरकारको तर्फबाट भविष्यमा पनि साधनश्रोत र क्षमताले भ्याएसम्म सहयोग गरिरहने उनले प्रतिबद्धता पनि जनाए ।
शाखाका मन्त्री भबेन्द्र प्रसाद यादवले आ.ब. २०७६/७७ सम्म संचालित कार्यक्रम तथा गतिविधी समेटिएको वार्षिक प्रतिवेदन तथा शाखा अधिकृत ब्रहमदेव यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार शाखाले आ.ब. २०७६/७७ मा २ सय २० अग्निपीडित तथा ४ सय ७२ बाढीपीडितलाई राहत सामाग्रि प्रदान गरेको छ ।
यस्तै बाढीबाट सर्वाधिक प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पूर्वतयारी प्रतिकार्य, कोरोना बिरुद्धको सचेतना, स्वच्छ खानेपानी तथा शौचालय निर्माण लगायतका कामहरु पनि सोही अवधीमा सम्पन्न गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ