News Category 2077/11/13
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
प्रेस संगठनको सप्तरीको दोस्रो जिल्ला भेला बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित भेलामा प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा राखेका थिए । भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढ्नु पर्ने बताए ।
जिल्ला सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
सोही भेलामा नेकपाका प्रदेश सदस्य महेश प्रसाद यादवले पत्रकारहरुमाथि हुनेगरेको विभेदलाई गम्भिरताका साथ पार्टीले लिनु पर्ने वताए । पार्टीको अग्रमोर्चामा रहेका पत्रकारहरुलाई पेशागत हकहितका लागि नेतृत्व तहले ध्यान दिनुपर्ने वताए ।
यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनलले विगतमा पार्टीले पत्रकारहरुलाई अवमुल्यन गरेकोले अगामी दिनमा कदर गर्नु पर्ने सुझाव दिए । संचारकर्मीहरुको कामलाई प्रशंसा नगरिएकाले आगामी दिनहरुमा विशेष ध्यान पुर्याउनु पर्ने बताए ।
यसैगरी प्रेस संगठनका केन्द्रिय कार्यालय सदस्य देवराम यादवले नेपाल पत्रकार महासंघको अगामी आसन्न निर्वाचनमा रणनीति निर्माण गरेर कार्य समितिमा संगठनका वढि भन्दा वढि उपस्थिति वनाउन सवै तहवाट सहयोग पुर्याउन आग्रह गरे ।
संगठनको संयोजक गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भेलामा सुरेन्द्र प्रसाद गुप्ता, सतिश दत्त लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रम संचालन दिनानाथ यादवले गरेका थिए ।
प्रेस संगठनको आगामी फागुन १६ गते हुने प्रदेश भेलामा सप्तरीवाट २१ जनाको सहभागीता रहने संगठनका संयोजक गुप्ताले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ