News Category 2077/11/16
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
राजविराज/राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला अहिले उनलाई आर्थिक सहयोग गर्न सहयोगी हातहरु बढिरहेको छ ।
शनिवार जनता समाजवादी पार्टी नेपालका युवा नेता एवम् युवा सशक्तिकरण संघ नेपाल सप्तरीका अध्यक्ष किशोर कुमार यादव केसीले अस्पतालमै पुगेर ३ हजार १ सय रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ ।
यसअघि बिहीबार बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले, पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ