News Category 2077/11/16
चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
राजविराज/सप्तरी प्रहरीले प्रतिबन्धित दल नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा चन्द समूहका सप्तरी जनसत्ता प्रमुख सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय आर्दश उपनामका रामनाथ मण्डल छन् ।
यस्तै पक्राउ पर्ने अन्यहरुमा चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल छन् ।
विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने समेत गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ ।
पक्राउ परेकाहरुका साथबाट तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषामा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल महिला संघ क्रान्तिकारी र यूवा संगठन नेपाल लेखिएको लेटर प्याड तथा साधारण सदस्यता रसिदको ठेलीका साथै विभिन्न पुस्तकलगायतका पनि बरामद गरिएको जानकारी दिँदै डिएसपी साहले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ