News Category 2077/11/20
करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराजस्थित एक आइएमई संचालक दाजुभाईले विदेशबाट आफन्तले पठाएको रकम झिकेर सम्पर्क बिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लाग्न थालेको छ ।
राजविराजको मुटु मानिने गजेन्द्र चौकमा कपडा पसलसँगै आइएमईसमेत संचालन गरि बसेका संचालक दाजुभाई संजय सिन्धी र सुनिल सिन्धी पसल र अफिस दुबै बन्द गरेर चार दिनदेखी फरार भएपछि प्रहरीमा पीडितहरुद्वारा उजुरी दिनेको आइरो लागेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहका अनुसार बिहीबारसम्ममा १६ जनाले सिन्धी दाजुभाई बिरुद्ध झण्डै ७६ लाख रुँपैया लिएर भागेको भन्दै ठाडो उजुरी दिएका छन् ।
उक्त उजुरी उपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाईको खोजिकार्य जारि रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तिब्र बनाउँदै लगिने बताए ।
चार दिनदेखी फरार रहेका सिन्धी दाजुभाई आफ्नो परिवारसहित नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको र यसबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
अनुसन्धानको क्रममा विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ ।
भुक्तानी लिन बाँकी रहेकाहरुका साथै सुनचाँदी बन्धकी जग्गा धितो वापतको रकम लगायतका विषयमा समेत धमाधम ठूलो संख्यामा उजुरी आउन थालेकाले ५० करोड भन्दा बढी रकम घोटाला भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ