News Category 2077/11/22
राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
राजविराज/राजविराजमा हुने प्रथम देवसन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
यही फागुन २९ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी बारे शनिबार भारोत्तोलन संघ सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै, सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमको सहभागिता रहने जानकारी दिए ।
कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए ।
प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५/३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे आवश्यक जानकारी गराएका थिए ।
त्यस्तै १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानियतह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने स्जनाइएको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार दिने तय भएको समेत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ