News Category 2077/11/23
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित पक्राउ परेका चार अभियुक्त सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न अभियोगका चार जना अभियुक्तहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.स.२०६० साल पुस ८ गते छिमेकी सुक्रुत सदाको छुरा प्रहरी गरि हत्या गरेर फरार रहेका सप्तरीको महदेवा गाउँपालिका ४ लोहजारा निवासी देवनारायण मण्डललाई घरमै लुकी बसेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ परेका मण्डल फुपुलाई ललाई फकाई लिई भागेको आक्रोसमा सदाको घरमै पुगेर खुकुरी प्रहार गरि हत्या गरेर फरार भएका थिए । गोप्य सूचनाको आधारमा घरमै लुकिबसेको अवस्थामा मण्डललाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
बलात्कार गरि फरार रहेका पक्राउ

गत जेठ २६ गते गाउँकै एक १५ वर्षिया किशोरीलाई बलात्कार गरि फरार रहेका विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षिय मो. रहमुललाई प्रहरीले पक्राउ गरि आइतबारै सार्वजनिक गरेको छ ।
घरमै लुकिबसेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले रहमुललाई पक्राउ गरेको हो ।
जबरजस्तीकरणीबाट ती पीडित यूवतीमा गर्भसमेत बस्न गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।
पेस्तोलसहित दुई पक्राउ

आयोजित पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ७ का २० वर्षिय महेश कुमार शर्मा र १९ वर्षिय प्रमोद साह छन् ।
राजविराज ६ स्थित सखडा सडक खण्डमा शनिबार साँझ चेकजाँचका क्रममा स.७प. ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।
पक्राउ परेका शर्मा ३ वर्ष अघि पनि एक थान कटुवा पेस्तोल र ३ थान गोलीसहित पक्राउ परेका थिए । हातहथियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरि हालै रिहा भएका उनी फेरी त्यस्तै प्रकृतीका मुद्दामा पक्राउ परेका हुन् ।
पक्राउ परेका मध्ये फरार अभियुक्त दुई जनालाई आइतबारै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको छ भने कटुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ