News Category 2077/11/24
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहीस्थित भगवती र डिहबार मन्दिरको अग्रभागमा ८ विगहा १ कठ जग्गामा फैलिएको ऐतिहासिक पोखरीको जिर्णोद्वारका लागि सोमबार शिलान्यास गरिएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो ।
दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए ।
उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिनुका साथै सोही वडामा एउटा व्यवस्थित खेलमैदान निर्माणको गृहकार्य समेत भइरहेको मन्त्री साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ