News Category 2077/11/24
नारी दिवसमा र्याली, सभा तथा सम्मान
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न मानवअधिकारवादी र सामाजिक संघसंस्थाले संयुक्त रुपमा र्याली र सभाको आयोजना गरि मनाएका छन् ।
राजविराज जेसिज, इन्सेक, परिकल्पना नेपाल, ग्रिन नेपाल, समग्र जनउत्थान केन्द्र, जिल्ला बार एशोसिएशन, सप्तरी युथ नेपाल, नेपाल प्रहरी, महिला अधिकार रक्षक संजाल, मारवाडी महिला मञ्च लगायतका संघसंस्थाको संयुक्त सहभागितामा स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
“विभेद रहित कानुन बनाऔं, लैङ्गिक विभेद अन्त्य गर, हिंसा र विभेद बन्द गरौं, निर्णायक तहमा महिलाको सहभागिता बढाऔं” लगायतका नारा लेखिएको प्ले कार्डसहित निस्केको र्याली बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगि विचार गोष्ठिमा परिणत भएको थियो ।
मुल समारोह समितिकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दहेज मुक्त मिथिलाका अध्यक्ष करुणा झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, डिएसपी भुवनेश्वर साह, डा. रन्जना गिरी, पत्रकार धिरेन्द्र साह, नानीमैया कटुवाल, हेमशंकर सिंह, कानुन व्यवसायी मनु खनाललगायतले महिलाको सम्मान र सबै क्षेत्रमा सहभागिता सुनिश्चित गर्न जोड दिएका थिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याए वापत जेष्ठ महिला राजविराज ६ की ८२ वर्षिया मेनकादेवी पोखरेललाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ