News Category 2077/11/24
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
आगोले जलेर गम्भिर घाइते भएपछि आर्थिक अभावका कारण उपचार गर्न नपाएर मृत्यु भएकी एक महिलाका परिवारलाई प्रदेश २ का एक मन्त्रीले सहयोग गरेका छन् ।
राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया गितादेवी खंगको आर्थिक अभावले समयमा बाहिर लगेर उपचार गराउन नपाउँदा शनिबार बिहान मृत्यु भएको थियो ।
सोमबार बिहान शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्याइएपछि अस्पतालमै पुगेर प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतकका पति राजाराम खंगलाई ११ हजार रुँपैया किरिया खर्च उपलब्ध गराएका हुन् ।
मजदुरी गरि जिविकोपार्जन गर्दै आएका मृतकका पति राजारामलाई आर्थिक सहयोग दिँदै मन्त्री साहलाई उनको एकमात्र २ वर्षिया छोरीको शिक्षादिक्षामा समेत सहयोग गर्ने आश्वासन दिएका छन् ।
चार दिनअघि मात्र स्थानियबाट चन्दा सहयोग जुटाई किर्तिपुर स्किन अस्पताल पुर्याइएको खंगको उपचारकै क्रममा शनिबार बिहान सोही अपतालमा मृत्यु भएको हो ।
शव गृह जिल्ला ल्याउन गाडी भाडा समेत नहुँदा विचल्लीमा परेका मृतकका पति राजारामलाई कामविशेषले काठमाडौंमा रहेका प्रदेशसभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपाका यूवा नेता किशोर कुमार यादव, अमरकान्त झालगायतले सहयोग जुटाउँदै भ्यान रिजर्भ गरि पठाएका थिए ।
जाडोका कारण घुर ताप्न बसेकी गिता गत माघ १३ गते घुरबाटै जिउमा आगो सल्किदा जलेर गम्भिर घाइते भएकी थिइन् । यता मृतकका पति राजारमले गरिबीकै कारण समयमा उपचार गराउन नसक्दा पत्नि गुमाएको भन्दै अब २ वर्षिया छोरीको लालन पालन कसरी गर्ने चिन्ताले थप सताएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ