News Category 2077/11/24
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
आगोले जलेर गम्भिर घाइते भएपछि आर्थिक अभावका कारण उपचार गर्न नपाएर मृत्यु भएकी एक महिलाका परिवारलाई प्रदेश २ का एक मन्त्रीले सहयोग गरेका छन् ।
राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया गितादेवी खंगको आर्थिक अभावले समयमा बाहिर लगेर उपचार गराउन नपाउँदा शनिबार बिहान मृत्यु भएको थियो ।
सोमबार बिहान शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्याइएपछि अस्पतालमै पुगेर प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतकका पति राजाराम खंगलाई ११ हजार रुँपैया किरिया खर्च उपलब्ध गराएका हुन् ।
मजदुरी गरि जिविकोपार्जन गर्दै आएका मृतकका पति राजारामलाई आर्थिक सहयोग दिँदै मन्त्री साहलाई उनको एकमात्र २ वर्षिया छोरीको शिक्षादिक्षामा समेत सहयोग गर्ने आश्वासन दिएका छन् ।
चार दिनअघि मात्र स्थानियबाट चन्दा सहयोग जुटाई किर्तिपुर स्किन अस्पताल पुर्याइएको खंगको उपचारकै क्रममा शनिबार बिहान सोही अपतालमा मृत्यु भएको हो ।
शव गृह जिल्ला ल्याउन गाडी भाडा समेत नहुँदा विचल्लीमा परेका मृतकका पति राजारामलाई कामविशेषले काठमाडौंमा रहेका प्रदेशसभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपाका यूवा नेता किशोर कुमार यादव, अमरकान्त झालगायतले सहयोग जुटाउँदै भ्यान रिजर्भ गरि पठाएका थिए ।
जाडोका कारण घुर ताप्न बसेकी गिता गत माघ १३ गते घुरबाटै जिउमा आगो सल्किदा जलेर गम्भिर घाइते भएकी थिइन् । यता मृतकका पति राजारमले गरिबीकै कारण समयमा उपचार गराउन नसक्दा पत्नि गुमाएको भन्दै अब २ वर्षिया छोरीको लालन पालन कसरी गर्ने चिन्ताले थप सताएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ