News Category 2077/11/26
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीमा जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते भएका छन् ।
सप्तरीको बिष्णुपुर–बसाईन सडक खण्ड अन्तर्गत बोदे बसाईन नगरपालिका वडा नं. ३ गौरामा जन्ती लिएर ना.१ ज ८९३८ नम्बर विङ्गर दुर्घटनामा परेको हो ।
मंगलबार अन्दाजी बिहान ४ बजे काचनबाट गएको जन्ती विष्णुपुर गाउँपालिका वडा नं. १ मधेपुराबाट घर फर्किने क्रममा तीव्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई सडक छेउमा रहेका पर्खालमा ठोकिएको हो ।
सो दुर्घटनामा परि बोदे बसाईन नगरपालिका वडा नं. ८ काचन का ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देव नारायण दास गम्भिर घाइते भएका छन् । उनीहरुको रुपनी गाउँपालिकास्थित युनिक हस्पिटलमा उपचार भईरहेको छ ।
यस्तै सोही नगरपालिकाका २३ बर्षीय रबिन कुमार दास, ५० बर्षीय राम दास, ३५ बर्षीय शिव कुमार दासको स्थानीय एडभान्स क्लिनिक कल्यणपुरमा र २२ बर्षीय शंकर साह, २५ बर्षीय बिजय कुमार यादव, गाडि चालक २५वर्षीय मुकेश कुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा र ३० बर्षीय जय प्रकास साह, २३ बर्षीय चन्देश्वर साह, १७ बर्षीय तेज कुमार दास, १८ बर्षीय दिपक कुमार यादव, १८ बर्षीय कृष्ण कुमार दास, १९ बर्षीय उमेश कुमार यादवको स्थानीय क्लिनीमा उपचार भईरहको ईलाका प्रहरी कार्यालय बोदे बसाईनले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ