News Category 2077/11/26
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीमा जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते भएका छन् ।
सप्तरीको बिष्णुपुर–बसाईन सडक खण्ड अन्तर्गत बोदे बसाईन नगरपालिका वडा नं. ३ गौरामा जन्ती लिएर ना.१ ज ८९३८ नम्बर विङ्गर दुर्घटनामा परेको हो ।
मंगलबार अन्दाजी बिहान ४ बजे काचनबाट गएको जन्ती विष्णुपुर गाउँपालिका वडा नं. १ मधेपुराबाट घर फर्किने क्रममा तीव्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई सडक छेउमा रहेका पर्खालमा ठोकिएको हो ।
सो दुर्घटनामा परि बोदे बसाईन नगरपालिका वडा नं. ८ काचन का ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देव नारायण दास गम्भिर घाइते भएका छन् । उनीहरुको रुपनी गाउँपालिकास्थित युनिक हस्पिटलमा उपचार भईरहेको छ ।
यस्तै सोही नगरपालिकाका २३ बर्षीय रबिन कुमार दास, ५० बर्षीय राम दास, ३५ बर्षीय शिव कुमार दासको स्थानीय एडभान्स क्लिनिक कल्यणपुरमा र २२ बर्षीय शंकर साह, २५ बर्षीय बिजय कुमार यादव, गाडि चालक २५वर्षीय मुकेश कुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा र ३० बर्षीय जय प्रकास साह, २३ बर्षीय चन्देश्वर साह, १७ बर्षीय तेज कुमार दास, १८ बर्षीय दिपक कुमार यादव, १८ बर्षीय कृष्ण कुमार दास, १९ बर्षीय उमेश कुमार यादवको स्थानीय क्लिनीमा उपचार भईरहको ईलाका प्रहरी कार्यालय बोदे बसाईनले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ