News Category 2077/11/28
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा महाशिवरात्रीको अवसरमा बिहीवार मूर्ति स्थापनासँगै शिब मन्दिरको उद्घाटन गरिएको छ ।
स्थानीयहरूको सक्रियतामा निर्माण गरिएको मन्दिरको प्रदेशसभा सदस्य अभिषेक यादवले उद्घाटन गरे भने भुतनाथ बाबाले मन्दिरमा शिब, पार्वती, गणेश लगायतको मुर्ति स्थापना गरिएको छ ।
प्रदेशसभा सदस्यद्वय अभिषेक यादव र रुबी कर्णको संसदीय कोषको आर्थिक सहयोग तथा स्थानीयहरूले चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको स्थानीय युवा विध्या यादवले जानकारी दिएका छन् ।
बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जु कुमारी साहको अध्यक्षतामा आयोजित मन्दिर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
महाशिबरात्रीको अवसरमा उद्घाटन गरिएको मन्दिर परिसरमा बिहीबारैदेखि २४ घण्टे अष्टयाम शुरू भएको स्थानियले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ