News Category 2077/11/28
शिवालयमा भक्तजनको घुइचो
_b19.jpg)
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ ।
सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।
यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ । गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
यसपटक स्थानिय प्रशासनले त्यस्तो कुनै आदेश जारि नगरेकाले तथा कोरोनाको जोखिम पनि कम हुँदै गएकाले शिवालयहरुमा भक्तजनको घुइचो लागेको सम्बद्ध मन्दिरका पूजारीहरुले बताएका छन् ।
पूजाकै क्रममा सप्तकोशी, त्रियुगालगायतका जलाशयबाट एका बिहानै जल ल्याएर बोलबम बोलबमको नारा लगाउँदै शिवालयहरुमा जल चढाउने भक्तजनको भिड पनि कम थिएन् ।
दर्शनका लागि आउने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले आवश्यक सुविधाको प्रबन्ध मिलाएका थिए । स्वमसेवक र प्रहरीले लाइन ब्यवस्थापनमा ध्यान दिएकाले पूजापाठ सहज भएको सीमावर्ती भारतको कुनौली बजारबाट शम्भुनाथ मन्दिर पुगेका ग्रामपंचायत प्रमुख कौशलकुमारले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ