News Category 2077/11/28
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका फरार अभियुक्त १० वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतबाट ९ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
आफ्नै छिमेकी एक यूवाको अपहरण गरेको आरोपमा अदालतबाट ९ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवमाथी छिमेकी १७ वर्षिय संजिवकुमार साहको अपहरण गरि वेपत्ता बनाएको आरोपमा तत्कालिन पुनरावेदन अदालत राजविराजले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २५ हजार जरिवाना सजायको आदेश दिएको थियो । सो आदेश लगत्तै फरार भएका उनी भारतमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार २०६७ साल कात्तिक २६ गते साँझ घर नजिकैको पोखरी किनारमा छठ पर्व मनाउन गएका बेला भोलेन्द्र नेतृत्वको एक समूहले संजिवको अपहरण गरेको थियो । संजिवको अवस्था भने अहिलेसम्म अज्ञात नै छ ।
महाशिवरात्री पर्व मनाउन बिहीबार गाउँ पुगेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनलाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरि शुक्रबार अदालतमा उपस्थित गराएको छ । पक्राउ परेका यादवले संजिवको अवस्था बारे अझै केही नखुलाएको प्रहरीले जनाएको छ ।
अपहरणपछि भारतमै लुकेर बसेका यादवले संजिवका आफन्तलाई फोन गरि ५० लाख रुँपैया फिरौती माग गरेका थिए । जसमधये पटक पटक गरि संजिवका आफन्तले १३ लाख ५ हजार रुँपैया फिरौतीसमेत सीमावर्ती भारतीय क्षेत्रमा गई भोलेन्द्रले भनेको व्यक्तिलाई बुझाएका थिए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु आर्थिक वर्षको हालसम्ममा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेकाहरुको पक्राउ विवरण शुक्रबार सार्वजनिक गरेको छ ।
चालु आ.ब.को ८ महिनामा विभिन्न अभियोगका ५ सय ६५ फरार अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । यसरी पक्राउ परेका अपराधीहरुबाट १३ लाख ८९ हजार १ सय ८३ रुँपैया जरिवाना असुली भएको छ भने ९१ वर्ष ११ महिना ४ दिन अदालतको कैद वक्यौता असुली प्रक्रिया अघि बढिसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ