News Category 2077/11/29
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जनता समाजवादी पार्टी नेपाललाई आग्रह गरेका छन् ।
प्रेस संगठन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले प्रधानमन्त्री ओलीले विगतमा धेरैलाई ठगेको आरोप लगाउँदै यस पटक जसपालाई पनि ठग्ने कुरामा भन्न नसकिने बताए ।
उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिंदै प्रचण्डलाई समेत दुई पटक ठगेको भन्दै यस्तो अवस्थामा जसपालाई पनि प्रधानमन्त्रीले ठग्ने सक्ने आशंका व्यक्त गरे ।
उनले काँग्रेससँग जसपाको सकारात्मक वार्ता भएको भन्दै काँग्रेसले जसपासँग सरकार बनाउने कार्यमा सहमत भएमा माओवादी केन्द्रले पनि साथ दिने उल्लेख गरे । उनले जसपालाई अग्रगमनको साथ दिन आग्रह गर्दै प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताए ।
नेता यादवले जसपाले राख्दै आएको रेशम चौधरी रिहाइको माग र संविधान संशोधनको कामलाई अगाडि बढाइने बताउँदै सरकार बनेपछि रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ