News Category 2077/12/01
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्न नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा महासंघको मधेश समितिले आइतबार राजविराजमा आयोजना गरेको “सुरक्षित तथा व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका” विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रियता, स्वाधिनता, मानवअधिकार र कानुनी राज्यका पक्षमा उभिने पत्रकारले प्रेस स्वतन्त्रता विषयमा कुनै सम्झौता गर्नु नहुनेमा जोड समेत दिए ।
पत्रकारको हकहित, अधिकारका सवालमा समेत काम गर्ने महासंघले संचार माध्यमको पनि हित सोच्न जरुरी रहेको उनले बताए । उनले आचारसहिताको पालना हुनसके पत्रकारका लागि सुरक्षित रुपमा भूमिका निर्वाहको आधार तयार हुने समेत दाबी गरे ।
पत्रकारिता समाजलाई पनि दोहर्याउने पेशा हो भन्दै उनले भने, “त्यसैले हामी पत्रकार आफैले आफूलाई सुधारेर अघि बढ्न जरुरी छ ।”
सोही कार्यक्रममा महासंघका कोषाध्यक्ष राजेश मिश्राले पत्रकार आचारसहिता पालना गरिए धेरै हदसम्म पत्रकारको असुरक्षा पनि न्यून भएर जाने बताए ।
महासंघका सप्तरी शाखा अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, महासंघको रौतहट शाखा अध्यक्ष रबिन्द्र साह, झापाका अध्यक्ष तारामणि सापकोटा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, प्रदेश २ प्रेस संगठनका अध्यक्ष प्रकाश खतिवडा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस युनियन सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले पनि बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ