News Category 2077/12/02
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल

दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लामा देखिएको समस्या र तीनको समाधान बारे स्थानिय संचारकर्मी, राजनीतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग सोमबार छलफल गरेका छन् ।
प्रजिअ निवासमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालासँग जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल गरिएको छ ।
शान्ति सुरक्षा, विकास निर्माण, बाढी, कार्यालयहरुबाट छिटो छरितो सेवा प्रवाह लगायतका विषय समेटिएर गरिएको छलफलबाट प्राप्त सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने सो अवसरमा प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए ।
समाचारलाई सूचनाको रुपमा समेत लिने बताएका उनले त्यस उपर पनि आवश्यक कदम चालिने जनाए । चुनौती धेरै रहेपनि यसको ब्यवस्थापनका लागि उठाइने कदममा उनले सरोकारवालाको सहयोग पनि मागेका छन् ।
सबै नागरिकसँग एकैपटक साक्षात्कार हुने नसकेपनि सामाजिक अगुवा, संचारकर्मी, राजनीतिककर्मीसँग भेटघाट गरि स्थानिय प्रशासन र जनताबीचको बास्तविक सम्बन्ध मजबुत बनाउने प्रयास स्वरुप भेटघाट र छलफल कार्यक्रम गरिएको उनले बताए ।
छलफलमा सहभागिहरुले जिल्लाका प्रमुख समस्या र तिनको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ