News Category 2077/12/02
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू

दैनिक समाचारदाता
राजविराज, २ चैत ।
विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न. ४ बेल्हि चपेनामा श्री सिताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञ सोमबारदेखी सुरू भएको छ ।
नेपालमा पहिलो पटक सप्तरी जिल्लामा सो महायज्ञ सुरु भएको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना गरिएको महायज्ञ तयारी समितिका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
स्थानियबासिहरुको सहयोगमा १०८ मरवासहित १०८ मण्डली आफ्नै गाउमा जिल्लाका २४३ मण्डलीको सहभागिता रहेको जानकारी दिँदै महायज्ञमा पाँच सय युवा स्वयंसेवक समेत परिचालन गरिएको उनले बताए ।
महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका सल्लाहकार ओम प्रकाश मण्डलले जानकारी दिए ।
यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञमा झुला, मौतका कुवा, रासलिला, रामायण पाठ, कथा, पुरान, साँस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत रहेको छ ।
महायज्ञमा जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञको उदघाटनमा बिहान गाउबासीहरू सहभागितामा बृहत् कलश यात्रा निकाली तथा मुतनि नदिमा जल रिसार गरेको आयोजकले जनाएको छ । महायज्ञ चैत १२ गते सम्म चल्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
- 2082/02/07 पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी आमसञ्चार प्राधिकरणद्वारा सुझाव संकलन
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ