News Category 2077/12/02
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न. ४ बेल्हि चपेनामा श्री सिताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञ सोमबारदेखी सुरू भएको छ ।
नेपालमा पहिलो पटक सप्तरी जिल्लामा सो महायज्ञ सुरु भएको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना गरिएको महायज्ञ तयारी समितिका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।

स्थानियबासिहरुको सहयोगमा १०८ मरवासहित १०८ मण्डली आफ्नै गाउमा जिल्लाका २४३ मण्डलीको सहभागिता रहेको जानकारी दिँदै महायज्ञमा पाँच सय युवा स्वयंसेवक समेत परिचालन गरिएको उनले बताए ।
महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका सल्लाहकार ओम प्रकाश मण्डलले जानकारी दिए ।
यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञमा झुला, मौतका कुवा, रासलिला, रामायण पाठ, कथा, पुरान, साँस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत रहेको छ ।
महायज्ञमा जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञको उदघाटनमा बिहान गाउबासीहरू सहभागितामा बृहत् कलश यात्रा निकाली तथा मुतनि नदिमा जल रिसार गरेको आयोजकले जनाएको छ । महायज्ञ चैत १२ गते सम्म चल्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ