News Category 2077/12/03
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र संविधानलाई जोखिममा पारेकाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने सुझाव दिएका छन् ।
प्रेस युनियन सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको त्रपकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् ।
मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट समेत नेता सिटौलाले पारे ।
अबको सरकारको नेतृत्व काँग्रेसले लिनु पर्ने देशको आवश्यकता रहेको उल्लेख गर्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर काँग्रेसले सरकारको नेतृत्व गर्ने गरि निरन्तर छलफल र सम्वाद भइरहेको र चाडै परिणाम आउने उनको भनाई छ ।
उनले आफ्नो पार्टी भित्र पनि अबको संयुक्त सरकारको नेतृत्व शेर बहादुर देउवाले नै लिनु पर्ने धारणा बनेको भन्दै देशलाई जोगाउन, संबैधानिक संकट हटाउन र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि बैकल्पिक शक्तिको रुपमा काँग्रेसले नेतृत्व लिनु पर्ने मुलुकको आवश्यकता रहेको बताए । एक अर्को प्रसङ्गमा उनले आगामी भदौं महिनामा हुने तय भएको पार्टीको महाधिवेशन बटम लाइन भएकाले कुनै पनि बहानामा त्यसलाई सार्न नहुने र तोकिएकै समयमा अधिवेशन सम्पन्न हुनुपर्ने धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ