News Category 2077/12/05
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुल्ला टोलमा बुधबार राती ग्यास सिलिण्डर पड्किएर आगलागि भएको छ ।
आगो निभाउने क्रममा एक जना घाइते भएका छन् । सो आगलागिबाट चार घर नष्ट हुनुका साथै २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राती १० बजेतिर सो वडास्थित हरिकिसुन खंगको भान्सा कोठामा रहेको ग्यास सिलिण्डर पड्किएपछि लागेको आगो फैलिएर खंगका साथै छिमेकी रामचन्द्र खंग, नकछेदी खंग लगायतका चार घर जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
यता आगो निभाउने क्रममा हरिकिसुन खंग घाइते भएका छन् । उनको तत्कालै उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
राजविराज र हनुमानगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानियवासीको मद्दतले २ घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ