News Category 2077/12/05
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीमा भइरहेको सडक निर्माण तथा मर्मत सम्भारको कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउनुका साथै स्थानियहरुले सास्ती व्यहोर्नु परिरहेको छ ।
सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा भईरहेको सडक तथा नाला निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ ।
सडकमा सर्वसाधारणदेखि सवारीसाधनको आवगमनमा जोखिमसँगै दुर्घटनासमेत बढेको छ । जसले गर्दा पटक–पटक मालबाहक सवारीसाधन खनिएको सडकमा फँस्ने गरेकोमा बुधवार राती एउटा मालबाहक ट्रक पल्टिएको छ ।
ट्रक पल्टिदा कुनै किसिमको मानवीय क्षति नभएपनि सडकमा आवागमन अवरुद्ध हुनुका साथै झन समस्या भएको स्थानीय भागवत साहले गुनासो गरे ।
राजविराज नगरपालिका वडा नम्बर २ तेतरीगाछी चौक सडक खण्डमा नाला निर्माणसँगै सडक निर्माण कामको ठेक्का दिवा निर्माण सेवाले पाएको छ । तर, नाला निर्माणको क्रममा ३ देखि ५ मिटरसम्म ठाउँ–ठाउँमा गहिरो खनेर होमपाईप हाल्ने काममा भईरहेको लापरबाहीले दुर्घटना बढाएको छ ।
नाला निर्माणकोलागि खनिएको सडक र खानेपानीको पाईपसमेत फुटेर पानी सडकमै जम्ने गरेको छ । ठेकेदार कम्पनीले सडक र नाला निर्माण गर्दा एक साईडको सडक सुचारु राख्नुपर्ने तर, काम सुरु गरेर बिचमै छाड्ने प्रवृतिले गर्दा यस्ता समस्याहरु श्रृजना भएको स्थानीय नगरबासीको भनाई छ । ठेकेदार कम्पनीलाई यथासिघ्र नाला निर्माणसँगै सडक निर्माणको काम सक्नकालागि स्थानीयले दवाब दिएका छन् ।
तर, ठेकेदारले कम्पनी दिवा निर्माण सेवाले चाँडै सडकमा आवतजावत सहज हुने गरी काम अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।
यता राजविराज नगरपालिका वडा २ का अध्यक्ष अरुण यादवले आफू ठेकेदार कम्पनीलाई चाँडै काम सक्न र एकतर्फीरुपमा सडक सुचारु राख्न पटक–पटक भन्दै आएको बताए । नाला निर्माणको क्रममा खानेपानीको पाईप फुटेर झन समस्या हुँदा खानेपानी कार्यालयलाई मर्मत गर्न ताकेता गरिरहेको जानकारी दिए ।
यस्तै राजविराजस्थित वडा नं. ८ मा पनि सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानियहरुले सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पर्ने सम्भावना बढेको छ । सडक निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले निर्माण कार्यलाई बीचमै छोड्दा आवतजावतमा समस्या भएको छ ।
नाला निर्माण कार्य सम्पन्न गरेपनि त्यसमाथी स्ल्याप नराखेकोले दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । यता सडक अहिले धुलोमय भएको छ । हावाहुरीको समयमा सडकको धुलो स्थानियको घरमा पस्दा स्वास्थ्यमा असर पुग्ने गरेको स्थानियको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ